कालीमाटीमा आज कुन तरकारीको भाउ घट्यो, कुनको बढ्यो? (मूल्यसूची)

0 minutes, 0 seconds Read
Spread the love

कालीमाटी फलफूल तथा तरकारी बजारमा आज अधिकांश तरकारीको भाउ स्थिर छ।

केही तरकारीको न्यूनतम र अधिकतम मूल्य सामान्य घटबढ भएका छन्।

आज रातो आलुको भाउ न्यूनतम ४५ रूपैयाँदेखि ४७ रूपैयाँ तोकिएको छ। हिजो ४५ रूपैयाँदेखि ४८ रूपैयाँसम्म थियो। त्यस्तो सेतो आलुको भाउ हिजो ३५ देखि ४० रूपैयाँसम्म थियो भने आज ३८ देखि ४० रूपैयाँ तोकिएको छ।

नेपाली ठूलो गोलभेडाको मूल्य १० रूपैयाँ बढेको छ। हिजो ५० देखि ६० रूपैयाँसम्ममा कारोबार भएको सो गोलभेडाको मूल्य आज ६० देखि ७० रूपैयाँ तोकिएको छ।

भारतीय ठूलो गोलभेडाको मूल्य भने स्थिर छ। हिजो ८० देखि ९० रूपैयाँ प्रतिकिलोमा कारोबार भएको उक्त गोलभेडाको आज पनि सोही मूल्य छ।

लोकल सानो टनेलको गोलभेडाको भाउ ५ रूपैयाँले घटेको छ। हिजो १५ देखि २५ रूपैयाँ प्रतिकिलोमा कारोबार भएको गोलभेडाको मूल्य आज प्रतिकिलो २० देखि ३० रूपैयाँ तोकिएको छ।

सागको भाउ पनि घटबढ भएको छैन। हिजो २५ देखि ३० रूपैयाँमा कारोबार भएको रायोगको सागको भाउ आज २५ देखि ३५ रूपैयाँ तोकिएको छ। यसको अधिकतम मूल्यमा पाँच रूपैयाँ वृद्धि भएको छ।

पालुंगो र चमसुर र सौफको सागको भाउ प्रतिकिलो ११० रूपैयाँदेखि १२० रूपैयाँसम्म, तोरीको साग ३० देखि ४० रूपैयाँ, मेथीको साग ११० देखि १२० रूपैयाँ र जिरीको साग ९० देखि १०० रूपैयाँ तोकिएको छ। हिजोपनि यी सागका मूल्य त्यत्ति नै कायम थियो।

source: setopati

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *